birat ribon

सरकारलाई संसदीय समितिको निर्देशन

Neuro
सरकारलाई संसदीय समितिको निर्देशन

पोखरा / सङ्घीय संसद् राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलनिकट रहेको रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनका क्रममा देखिएका समस्याका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गरेपछि समितिको बिहीबार बसेको बैठकले विमानस्थलको दक्षिण पूर्वमा रहेको रिठेपानी डाँडा कटान गर्न ६ महिनाभित्र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।

cura insider

समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्नसमेत मन्त्रालयलाई निर्देशन दिएकी छन् । समितिको बैठकले विमानस्थलभित्र निर्माण गर्न लागिएको नेपाल आयल निगमको डिपो निर्माण गर्ने कार्य पनि ६ महिनाभित्र सम्पन्न गरी समितिमा जानकारी गराउन निर्देशन दिएको छ ।

यस्तै, पोखरा महानगरपालिकाको ल्यान्डफिल्ड साइट सार्ने सम्बन्धमा समितिले महानगरपालिकासँग छलफल गर्ने निर्णयसमेत गरेको छ । समितिले विमानस्थल निर्माणका बाँकी रहेका सबै काम समयमै सम्पन्न हुने अपेक्षा गर्दै सबै काम छिटो सम्पन्न गर्न सम्बन्धित सबै मन्त्रालयलाई निर्देशन दिएको सभापति भट्टले बताइन् ।

‘यी सबै विषय समाधान हुनेछन् भन्ने समितिले अपेक्षा र निष्कर्ष गरेको छ,’ सभापति भट्टले भनिन्, ‘आ–आफ्नो मन्त्रालयले गर्नुपर्ने बाँकी रहेका काम छिटोभन्दा छिटो सम्पन्न गर्न सम्बन्धित सबैलाई समिति निर्देशन दिन्छ ।’

jackson ribon