birat ribon

सरकारले फेरि थप्यो कोरोनाबाट मृत्यु हुने ८२ जनाको विवरण

Neuro
सरकारले फेरि थप्यो कोरोनाबाट मृत्यु हुने ८२ जनाको विवरण

विराटनगर / सरकारले कोरोना भाइरसबाट मृत्यु भएका ८२ जनाको विवरण थप गरेको छ । बुधबार छ सय १८ जनाको विवरण थपेको सरकारले बिहीबार ८२ जनाको विवरण थप गरेको हो ।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिर अधिकारीका अनुसार विभिन्न अस्पताल, पालिका र अन्य जिम्मेवार निकायबाट आएका तथ्याङ्क विश्लेषण गरेर मृतकको विवरण थपिएको हो । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार सात सय ६७ पुगेको छ ।

cura insider

यस्तै आज एक सय १२ जना कोरोना भाइरस सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । यससँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार आठ सय ७२ पुगेको छ ।

यस्तै आज ८४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार दुई सय २३ पुगेको छ । हाल आठ सय ८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

jackson ribon