birat ribon

उच्च बार विराटनगरको अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित

Neuro
उच्च बार विराटनगरको अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित

विराटनगर / उच्च अदालत बार एकाई विराटनगरको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षका लागि उम्मेद्वारी दर्ता गराएका हरिबहादुर बरालले उम्मेद्वारी फिर्ता लिएपछि दाहाल निर्विरोध निर्वाचित भएका हुन् ।

उच्च अदालत बार एकाई विराटनगरको १३औँ कार्यसमितिका लागि मनोनयन दर्ता गराएका दाहाल र बराल नेकपा प्रचण्ड–माधव समूह निकट हुन् । बरालले बिहीबार उम्मेद्वारी फिर्ता लिएपछि दाहाल निर्विरोध भएका हुन् ।

cura insider

नयाँ कार्यसमतिका लागि पदाधिकारी र सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन् । बारको १३औँ कार्यसमितिका लागि उपाध्यक्षमा अनिल खड्का, सचिवमा प्रेमकुमार घिमिरे, सहसचिवमा कला त्रिताल र कोषाध्यक्षमा महेशकुमार खड्का निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरूमा विनोदकुमार तिम्सिना, यागेन्द्र काफ्ले, पुरुषोत्तम दाहाल, मोहनप्रसाद ओझा, दीपककुमार बुढाथोकी, माया अधिकारी, सागर घिमिरे र मयुर अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।

केन्द्रीय पार्सदमा चण्डीप्रसाद पराजुली, राजेन्द्रकुमार सुनार र कुवेर कार्की निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक कुमार भट्टराईले जानकारी दिए ।

बारको निर्वाचित नेतृत्वको घोषणा फागुन १५ गते गरिनेछ । नयाँ कार्यसमितिका लागि ओली समूह निकट रुक्मिणी दाहाल र सदस्यमा सन्निकुमार साहले आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए ।

jackson ribon