birat ribon

भटाभट कुखुरा मर्न थालेपछि किसान चिन्तित

Neuro
भटाभट कुखुरा मर्न थालेपछि किसान चिन्तित

इलाम / भटाभट कुखुरा मर्न थालेपछि यहाँका कुखुरा पालक किसान चिन्तित बनेका छन् । पछिल्लो समय एकै दिन एकै किसानका एक हजारभन्दा बढी कुखुरा मरेपछि कुखुरा पालक किसान चिन्तित बनेका हुन् ।

पहिले कुखुरा झोक्राउने, हरियो र सेतो रङको दिसा गर्ने, चारो नखाने लक्षण देखिएको छ ।
आइतबार र सोमबार मात्र एक हजार दुई सय कुखुरा मरेको पोल्ट्री व्यवसायी विनोद पोखरेलले जानकारी दिए । एकैपटक दुई जातिका कुखुरा मर्दा साढे चार लाखभन्दा बढी क्षति व्यहोर्नुपरेको उनको भनाइ छ । ‘आइतबार र सोमबारमा सबै कुखुरा मरे,’ उनले भने, ‘मरेका कुखुरा एक्लै पुर्न पनि सम्भव छैन ।’

cura insider

पोल्ट्री व्यवसायी सङ्घका अध्यक्ष दिनेश महतले दुई सय ५० लोकल एक सय कडकनाथ जातको कुखुरा मरेको जानकारी दिए । उनले तीन लाख ८० हजार रुपैयाँभन्दा बढी क्षति भएको बताए । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामले रानीखेतको कारण कुखुरा मरेको जनाएको छ ।

किसानले भने रानीखेतको खोप लगाएको कुखुरासमेत मरेको जानकारी दिएका छन् । ‘मैले कुखुरामा रानी खेतको खोप लगाएको थिएँ, तर पनि सबै कुखुरा मरे,’ एक किसानले भने, ‘खोप लगाउँदा पनि काम लागेन ।’

सात दिन अघिदेखि इलाम नगरपालिका क्षेत्रमा किसानले पालेका कुखुरा मरेको पशु प्राविधिक प्रकाश लुइँटेलले जानकारी दिए । ‘झोक्राउने, हरियो सेतो छेर्ने, चारो नखाने लक्षण देखिएपछि कुखुरा मर्न थालेका छन्,’ उनले भने, ‘कुखुरा बिरामी पर्न थालेको दुई÷तीन दिनमा फार्म नै रित्तिन थालेको छ ।’

कुखुरा मर्न थालेपछि भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले नमूना सङ्कलन गरेर विराटनगरको प्रयोगशालाको पठाएको थियो । परीक्षण गर्दा कुखुरामा रानीखेतको भाइरस देखिएको डा. सञ्जय ढुङ्गानाले जानकारी दिऐ । ‘कतिपय किसानले रानीखेतको खोप नै लगाउँदैनन्, कसैले खोप लगाउने कसैले खोप नलगाउने भएपछि कुखुरामा रोग देखिएको हुनसक्छ,’ उनले भने, ‘खोप लगाउँदा तापक्रम मिलाइएन भने पनि त्यसको प्रभावकारिता नहुनसक्छ ।’

कुखुरा फार्ममा जथाभावी आवातजावत गर्ने, कुखुराको चल्ला तथा दानाको ओसारपसार गर्दा सुरक्षा सावधानी नअनाउँदा एकैपटक भाइरसको सङ्क्रमण फैलिएको हुनसक्ने उनको भनाइ छ । रासस

jackson ribon