birat ribon

नेपाल र ताम्राकारलाई जङ्गवीर पुरस्कार

Neuro
नेपाल र ताम्राकारलाई जङ्गवीर पुरस्कार

विराटनगर / पत्रकार हरिहर नेपाल तथा साहित्यकार रीता ताम्राकारलाई जङ्गवीरस्मृति पुरस्कार प्रदान गरिने भएको छ ।

जङ्गवीर गुभाजू श्रेष्ठ प्रतिष्ठान झापाले यस वर्षको जङ्गवीरस्मृति पुरस्कार मकालु टेलिभिजन विराटनगरका सहायक सम्पादक नेपाल तथा इटहरीकी साहित्यकार ताम्राकारलाई दिने निर्णय गरेको हो ।

cura insider

प्रत्येक वर्ष एक जना पत्रकार र एक जना साहित्यकारलाई दिइने सो पुरस्कारको राशि जनही ११ हजार एक सय ११ रुपैयाँ रहेको छ ।

प्रतिष्ठानका अध्यक्ष बाबुराम श्रेष्ठ ‘वर्षा’का अनुसार घोषित पुरस्कार फागुन १९ गते झापाको बुट्टाबारीमा विशेष समारोहको आयोजना गरी प्रदान गरिनेछ ।

jackson ribon