birat ribon

कमेडी च्याम्पियन सिजन–२ को घोषणा

Neuro
कमेडी च्याम्पियन सिजन–२ को घोषणा

विराटनगर / कमेडी रियालिटि शो कमेडी च्याम्पियन सिजन–२ को औपचारिक घोषणा गरिएको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै शोको औपचारिक घोषणा गरिएको हो ।

cura insider

‘कमेडी च्याम्पियन सिजन २’को निर्देशक विशाल भण्डारी हुन् । यस वर्ष गत वर्षभन्दा प्रतिस्पर्धीलाई धेरै मेहनत गराइरहेको निर्देशक भण्डारी बताउँछन् । पहिलो सिजन आर्थिक अभावका कारण धेरै कुराहरु गर्न नसकेको तर दोस्रो सिजन पहिलो सिजनभन्दा अझै उत्कृष्ट बनाएर लैजाने निर्देशक भण्डारीको भनाइ छ । कान्तिपुर एचडीबाट प्रशारण हुने कार्यक्रमको कार्यकारी निर्माता केकी अधिकारी, विशाल भण्डारी, रिमा विश्वकर्मा र राज घिमिरे हुन् ।

पत्रकार सम्मेलनमा कान्तिपुर टिभीका स्टेसन म्यानेजर दिनेश डिसीले कमेडी च्याम्पियन अर्गानिक शोको रुपमा स्थापित भएको बताए । कमेडी च्याम्पियन–२ का लागि छ हजार एक सय ८० डिजिटल अडिसन प्राप्त भएको आयोजकले जनाएको छ । काठमाडौँ बोलाएर फिजिकल अडिसन गरेर आयोजकले उत्कृष्ट २४ प्रतियोगी छनोट गरिसकेको छ ।

‘थ्री प्रोडक्सन’को निर्माणमा बन्ने कमेडी च्याम्पियनको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा छन् । कार्यक्रमको होस्ट रिमा विश्वकर्माले नै गर्ने छिन् । विजेताले कार र २५ लाख नगद पुरस्कार प्राप्त गर्ने निर्देशक भण्डारीले बताए । ’कमेडी च्याम्पियन–२’ फागुन २१ गतेदेखि प्रत्येक शुक्रबार र शनिबार राती ९ देखि १० बजेसम्म प्रशारण हुनेछ ।

jackson ribon