birat ribon

राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स

Neuro
राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्स

विराटनगर / अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्सलाई नियुक्त गरेको छ । बिहीबार एन्फाले फिलिप्स महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएको जनाएको छ ।

यसअघि प्राविधिक निर्देशनको रूपमा काम गरिरहेका फिलिप्सलाई एन्फाको टेक्निकल समितिले मुख्य प्रशिक्षक नियुक्त गरेको हो । एन्फाका अनुसार महिलाको एएफसी एसियन कप छनोट र साफ च्याम्पियनसिपसम्मको लागि फिलिप्सलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जनाएको छ ।

cura insider
jackson ribon