birat ribon

राति सुत्दा बत्ती बालेर सुत्नु शरीरका लागि हानिकारक

Neuro
राति सुत्दा बत्ती बालेर सुत्नु शरीरका लागि हानिकारक

विराटनगर / रातको निद्रा शरीरका लागि औषधिको रूपमा मानिन्छ ।

किनभने निद्रा जति गहिरो हुन्छ, स्वास्थ्य त्यति राम्रो हुनेछ । राम्रो निद्रा पाउँदा दिमागले राम्रोसँग काम गर्छ, मांसपेशी छिटो रिकभर हुन्छ, रोग निको हुन्छ, मुड राम्रो हुनुका साथै बच्चाहरूलाई पनि पढ्न मन हुन्छ । रातको समयमा कोठाको बत्ती बालेर निदाउँदा, यसले निद्राको चक्रलाई बिगार्न सक्छ । बत्ती बालेर सुत्नाले दिमागलाई चेतावनी मोडमा पठाउँछ र यसले छिटो काम गर्न थाल्छ ।

cura insider

मस्तिष्कले मेलाटोनिन नामक विभिन्न हार्मोन उत्पादन गर्न थाल्छ, जसले निद्रा हराउँछ र रातभर उठ्ने गर्छौँ । निद्राको समयमा बत्तीको प्रकाशले दिमागलाई गहिरो निद्रा प्राप्त गर्न गाह्रो बनाउँछ । बत्तीको प्रकाशमा सुत्नुलाई डिप्रेसनसँग जोडिएको छ । इलेक्ट्रोनिक उपकरणहरूबाट निस्कने नीलो प्रकाशले पनि मुडमा नराम्रो असर पार्न सक्छ । निद्राको अभावले जहिले पनि नराम्रो मनस्थिति र छिट्टै झर्किने जस्ता समस्या निम्त्याउन सक्छ ।

एक अध्ययनअनुसार टिभी हेर्दै वा बत्ती बालेर सुत्ने महिलालाई मोटोपनाको समस्या बढी हुन्छ । अध्ययनले कम सुत्ने मानिस भोलिपल्ट बढी खाना खाने हुँदा यसले तिनीहरुको तौल बढाउँछ । पर्याप्त गुणस्तरको निद्रा नपाउँदा अर्को दिन थकान र निद्रा लागेकोजस्तो महसुस हुन्छ । र, सचेत नहुँदा दुर्घटनाको खतरा रहन्छ । वृद्धहरू लड्ने ठूलो जोखिममा पनि हुन सक्छन् । सुत्दा प्रकाशले निद्रामा लामो समयका लागि हस्तक्षेप गर्दा यसले मोटोपना, उच्च रक्तचाप, हृदयरोग वा टाइप २ मधुमेहलगायत शरीरलाई रोगको जोखिमलाई थप बढाउन सक्छ ।

यदि दिनको उज्यालोमा केही समयका लागि निदाउँदा यसमा कुनै खराबी हुँदैन । बत्ती बालेर लामो समय सुतेको बेला निद्राले असर गर्न सक्छ । बत्ती बालेर वा राति अन्य प्रकाशका स्रोत नभएका कारण बच्चाहरू अन्धकारबाट डराउन सक्छन् । तर, बच्चा ठूलो हुँदै जाँदा, राति सुत्नुअघि कोठाको बत्ती बन्द गर्ने बानी बसाउन सकिन्छ । रातको समयमा बत्ती नबालेर सुत्न नसकेको खण्डमा केही कुरामा ध्यान दिन जरुरी हुन्छ ।

दिनमा सुत्ने बानी त्याग्ने, रक्सी, क्याफिन र राति धेरै खाना नखाने, कोठाको तापमानलाई नियन्त्रण गर्ने, व्यायाम गर्ने, कोठामा गाढा रङको पर्दा प्रयोग गर्ने गर्नाले बत्ती निभाएर पनि आरामले सुत्न सकिन्छ । हरेक रात एकै समयमा सुत्नुे र हरेक बिहान उही समयमा उठ्नाले पनि मद्दत हुनसक्छ । यदि कम्प्युटर वा ल्यापटपमा काम गर्दै हुनुहुन्छ भने निलो प्रकाश ब्लक गर्ने चस्मा प्रयोग गर्ने र कम्तीमा सुत्नु एक घण्टाअगाडि यस्ता ग्याजेटबाट टाढा रहनुपर्छ ।

jackson ribon