birat ribon

सन्दीपले पिएसएल खेल्ने सम्भावना बढ्यो

Neuro
सन्दीपले पिएसएल खेल्ने सम्भावना बढ्यो

विराटनगर / नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा लेग स्पीनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) खेल्ने सम्भावना बढेको छ । पिएसएल फ्रेन्चाइज लाहोर कलन्दरका स्पीनर राशिद खानले राष्ट्रिय टोलीका लागि लिगबाट बाहिरिने निर्णय गरेसँगै सन्दीपको सम्भावना बढेको हो ।

‘ग्लोब आइकन’ सन्दीप २०२१ को पिएसएल ड्राफ्टबाट बिकेनन् । उनी प्लाटिनम क्याटागोरीमा परेका थिए । अब, राशिदले राष्ट्रिय टोलीमा सहभागिता जनाउन लिग छोडेसँगै सन्दीपले मौका पाउने सम्भावना पनि बढेको हो ।

cura insider
No description available.

अफगानिस्तानका राशिदले मङ्गलबार ट्विटरमार्फत राष्ट्रिय टोलीमा सहभागिता जनाउनुपर्ने भएका कारण यस सिजनका लागि पिएसएल नखेल्ने जनाएका थिए । अब, कलन्दरले आफ्नो टोलीमा सन्दीपलाई फर्काउनसक्ने सम्भावना छ ।

यसबारे आधिकारिक निर्णय हुन भने बाँकी नै छ । तथापि, सन्दीपले राशिदको स्थान लिँदै पिएसएलमा पुनरागमन गर्नसक्ने आँकलन गरिएको छ । सन्दीपले २०१८ मा कलन्दरबाटै पिएसएल खेलेका थिए ।

jackson ribon