birat ribon

स्वर्गीय श्रीमतीको नाममा पुरस्कार घोषणा

Neuro
स्वर्गीय श्रीमतीको नाममा पुरस्कार घोषणा

विराटनगर / साहित्य र पत्रकारितामा लामो समय काम गरेका व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले पाँच÷पाँच हजार राशिको पुरस्कार घोषण गरिएको छ । समाजसेवी तथा गीतकार चन्द्रमोहन विश्वासले आफ्नी स्वर्गीय श्रीमती मनिता विश्वासको नाममा प्रत्येक वर्ष एक÷एक जनालाई सम्मान गर्ने उद्देश्यले उक्त पुरस्कार घोषण गरेको बताए ।

विराट आदर्श साहित्य मञ्चले दुई÷दुई महिनामा सञ्चालन गर्दै आएको कार्यक्रम ‘स्रष्टा र सिर्जना’मार्फत सम्मान र पुरस्कार वितरण गरिने स्वर्गीय विश्वासका श्रीमान् चन्द्रमोहन विश्वासले जानकारी दिए । पत्रकारिता र साहित्यमार्फत समाजमा योगदान पु¥याएका व्यक्तिहरूलाई उक्त सम्मान तथा पुरस्कार प्रदान गरिने विश्वासले बताए । आगामी चैतको तेस्रो शनिवार ‘स्रष्टा र सिर्जना’ कार्यक्रम आयोजना गरी उक्त पुरस्कार प्रदान गरिने संरक्षक मीनकुमार नवोदितले बताए ।

cura insider
jackson ribon