birat ribon

डेबाला बार्सिलोनामा

Neuro
डेबाला बार्सिलोनामा

विराटनगर / इटालियन क्लब युभेन्टसका स्ट्राइकर घुँडाको उपचारका लागि स्पेनको सहर बार्सिलोना पुगेका छन् । घुँडाको उपचार गर्नका लागि अर्जेन्टिनी स्टार स्पेनिस सहर बार्सिलोना पुगेका हुन् ।

२७ वर्षीय डेबाला हाल चोटका कारण मैदानबाहिर छन् । उनले अझै दुईदेखि तीन सातासम्म मैदानबाहिर बस्नुपर्ने सम्भावना छ । चोटबाट मुक्त हुन सङ्घर्षरत डेबाला बिहीबार बार्सिलोना पुगेका हुन् ।

cura insider

अब उनले डाक्टर रामोन कगटसँग घुँडाको उपचारको बारेमा परामर्श लिनेछन् । गत १० जनवरीमा उनले घुँडामा चोट बोकेका थिए । सासुओलोसँगको खेलका क्रममा चोट बोकेका उनी त्यसयता मैदानबाहिर छन् ।

उनले इन्टर मिलान, बोलोग्ना, साम्पोडोरिया, रोमा, नापोली र क्रोटोनसँगको खेल गुमाएका थिए । यस सिजन डेबालाले मात्र १६ खेल खेलेका छन्, जसमा उनले तीन गोल र दुई असिस्ट मात्र गरेका छन् ।

jackson ribon