birat ribon

‘ला लिगा उपाधि दौडमा बार्सिलोना’

Neuro
‘ला लिगा उपाधि दौडमा बार्सिलोना’

विराटनगर / बार्सिलोनाका डिफेन्डर जोर्डी अल्बाले क्याटलान क्लब ला लिगाको उपाधि दौडमा भएको जनाएका छन् । बुधबार राति रेलिगेशन जोनको इल्चेमाथि सहज जित निकालेपछि पत्रकार सम्मलेनका क्रममा अल्बाले बार्सिलोना ला लिगाको उपाधि दौडमा भएको उल्लेख गरेका हुन् ।

गए राति आफ्नै घरेलु मैदान क्याप नोउमा बार्सिलोनाले इल्चेमाथि ३–० गोलको सहज जित दर्ता गराएको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गर्दा जोर्डी अल्बाले एक गोल गरे ।

cura insider

जितसँगै बार्सिलोना शीर्ष तीनमा उक्लिएको छ । उसले २४ खेलमा ५० अङ्क जोडेको छ । इल्चे भने २१ अङ्कसहित १८औँ स्थानमा छ । ला लिगाको शीर्ष स्थानमा एथ्लेटिको मड्रिड छ भने दोस्रो स्थानमा रियल मड्रिड छ ।

२३ खेल खेलेको एथ्लेटिकोसँग ५५ अङ्क भने ऊभन्दा एक खेल बढी खेलेको रियलसँग ५२ अङ्क छ । ‘केही साता हामी उपाधिभन्दा टाढा थियौँ र अब भने हामी नजिकिएका छौँ । हामीलाई थाहा कि यो हाम्रा लागि चुनौती हो । अरू टोलीले अङ्क छोड्दै गएकाले हामी अगाडि आइपुगेका हौँ,’ उनले भने ।

‘काडिजसँगको बराबरीले हामीलाई पनि निराश बनाएको थियो । तर, मेरो विचारमा अब हामी ला लिगाको उपाधि दौडमा छौँ’, उनले थपे ।

jackson ribon