birat ribon

स्क्रिन धेरै हेर्दा आँखा सुक्खा भए यी कुरामा ध्यान दिनुपर्ने

Neuro
स्क्रिन धेरै हेर्दा आँखा सुक्खा भए यी कुरामा ध्यान दिनुपर्ने

विराटनगर / हिजोआज धेरैजसो मानिस स्क्रिनमा अत्यधिक समय बिताइरहेका छन् ।

cura insider

धेरैजसो कम्प्युटर, मोबाइल, टिभीलगायतका स्क्रिन हेर्ने, अनलाइन क्लास लिने विद्यार्थी र अफिसमा काम गर्नेमा आँखा दुख्ने, टाउको दुख्ने जस्ता समस्या देखिन थालेको छ । मोबाइल, कम्प्युटरलगायतका ग्याजेटको स्क्रिन हेर्ने समय बढेका कारण खासगरी आँखा सुख्खा हुने समस्या आमरुपमा बढ्दै गएको छ ।

अफिसमा घण्टौँ स्क्रिनको अगाडि बसेर काम गर्नेमा पनि आँखा सुख्खा हुने समस्या देखिन थालेको छ । धेरैजसो अफिसमा काम गर्नेहरू एसीमा बस्ने गर्छन् । एसीले पनि आँखालाई सुख्खा पार्ने समस्या निम्त्याउन सक्छ । आँखा सुख्खा हुँदा आँखा चिलाउने, पोल्ने, आँखाबाट आँसु बग्ने, टाउको दुख्नेलगायतका समस्या देखापर्न सक्छ ।

त्यस्तै, बच्चाहरूमा अत्यधिक स्क्रिन टाइमले मायोपियामा (नजिकको देख्ने तर, टाढाको बस्तु हेर्न समस्या हुने) वा धमिलो दृष्टिको समस्या देखिन सक्छ । आँखाको समस्याबाट छुटकारा पाउनका लागि स्क्रिनमा बिताउने समयलाई सीमित गर्ने, एक स्वस्थ आहारको सेवन, सूर्यको किरणमा बस्नुपर्ने, नियमित आँखा जाँच गरेर आँखाको स्वास्थ्यमा ध्यान दिनु महत्त्वपूर्ण हुन्छ ।

टिभी हेर्दा वा कम्प्यूटर चलाउँदा केही समय आँखालाई आराम दिने गर्नाले पनि आँखा सुख्खा हुन पाउँदैन । आँखाको लागि २०–२०–२० नियम पालना गर्न अत्यन्त महत्त्वपूर्ण छ जहाँ प्रत्येक २० मिनेटमा २० सेकेन्डको ब्रेक लिएर २० सेकेन्डका लागि २० फिट टाढा हेर्नुपर्छ ।

आँखा सुख्खा हुने मानसिले घण्टौँ काम गर्नु परे बीच–बीचमा ब्रेक लिने, स्क्रिन र आँखाको पोजिसन सिधा हुने गरी मिलाउने, ब्राइटनेस कम गर्ने, सानो स्क्रिनको प्रयोग नगर्ने, बारम्बार परेला झिम्काउने, पटकपटक पानी पिउने, भिटामिन भएका खानाको सेवन गर्नाले आँखा सुक्खा हुने समस्या हुँदैन ।

यदि कम्प्युटर वा ल्यापटपमा बस्दा आँखामा देखिएका समस्यालाई बेवास्ता नगरी तुरुन्त चिकित्सकको परामर्श लिएर आँखा सुक्खा हुन नदिने आई ड्रप्सको समेत प्रयोग गर्नुपर्ने हुन्छ ।

jackson ribon