birat ribon

पुरुषमा पनि स्तन क्यान्सरको जोखिम

Neuro
पुरुषमा पनि स्तन क्यान्सरको जोखिम

विराटनगर / धेरैजसोले महिलामा मात्र स्तन क्यान्सर हुने वा जोखिम धेरै हुने सुन्ने गरेका छन् ।

तर, पुरुष पनि त्यत्तिकै स्तन क्यान्सरको जोखिममा हुन्छन् । सुन्दा अलि अनौंठो लागे पनि पुरुषमा पनि स्तन क्यान्सर हुने जोखिम हुन्छ । जब क्यान्सर पुरुषको स्तन टिश्युमा विकसित हुन्छ, यसलाई पुरुष स्तन क्यान्सर भनिन्छ । हरेक व्यक्तिमा जन्मँदादेखि नै स्तनमा सानो टिश्यु हुन्छ । स्तन टिश्यु दुग्ध उत्पादन गर्ने ग्रन्थी र निप्पललाई दुध वितरण गर्ने नलीबाट बनेको हुन्छ ।

cura insider

पुरुषसँग दूध उत्पादन गर्ने हर्मोन भने हुँदैन । महिलाले किशोरावस्थादेखि नै स्तनको टिश्यु विकास हुँदै जान्छ भने पुरुषमा यस्तो हुँदैन । तर, पुरुषमा हुने सानो स्तन टिश्युले तिनीहरूलाई स्तन क्यान्सरको जोखिममा पार्छ । स्तन क्यान्सर सजिलै वरिपरिका छाला तथा मांशपेसी, हड्डी, कलेजो र फोक्सोसम्म पुग्न सक्छ । कहिलेकाहीँ यो दिमागमा पनि फैलिने गर्छ ।

औसत अवस्थामा, पुरुषमा हुने स्तन क्यान्सर पाको उमेरका मानिसहरूमा हुन्छ । तर, यसको मतलब यो कुनै पनि उमेरमा हुन सक्दैन भन्ने होइन । बढ्दो उमेर, मोटोपनाको समस्या भएमा, स्तन क्यान्सरको पारिवारिक इतिहास भएका, टेस्टिकलमा चोटपटक लागेमा, अत्यधिक धुम्रपान तथा रक्सीको सेवन पुरुषमा स्तन क्यान्सर हुने कारण हुन सक्छन् ।

प्रारम्भिक चरणमा कुनै पनि खास लक्षण देखापर्ने हुँदैन । तर, सामान्य अवस्थामा एक गाँठोजस्तो देखिने हुन्छ, जुन प्रायः दुख्नेखालको हुँदैन । दुखाइ नहुने मासुको डल्लो वा गाँठो, स्तन तथा निप्पलमा परिवर्तन आएमा, निप्पलबाट असामान्य तरल वा रगत निस्किन थालेमा, स्तनको छालामा परिवर्तन आएका, स्तनको वरिपरि वा काखीमा गाँठो देखिएका पुरुषमा स्तन क्यान्सर हुन सक्ने सङ्केत हुनसक्छ ।

यीमध्ये कुनै पनि लक्षण देखिएमा तुरून्त अन्कोलोजिस्ट (क्यान्सर रोग विशेषज्ञ)सँग सम्पर्क गर्नुपर्ने हुन्छ । पुरुषमा हुने स्तन क्यान्सरलाई चारवटा चरणमा विभाजन गरिएको छ । यदि पुरुषमा स्तन क्यान्सर प्रारम्भिक चरणमा पत्ता लागेमा यस रोगबाट निको हुन सम्भावना बढी छन् । सामान्यतया स्तन क्यान्सरलाई शल्यचिकित्साद्वारा हटाइन्छ ।

साथै, बिरामीको अवस्था र क्यान्सरको चरणअनुसार केमोथेरापी र रेडिएसन थेरापी क्यान्सरका केही अन्य उपचारहरू हुन् ।

jackson ribon