birat ribon

महिनावारीमा व्यायाम : दुखाइ कम हुनुका साथै मुड राम्रो हुने

Neuro
महिनावारीमा व्यायाम : दुखाइ कम हुनुका साथै मुड राम्रो हुने

विराटनगर / अधिकांश महिलाका लागि महिनावारीको समय निकै पीडादायक हुन्छ ।

cura insider

महिनावारीको समयमा थकान, कमजोरीपन, पेट तथा शरीरको दुखाइ, मुड परिवर्तन हुने हुन्छ । यो बेला शरीरमा प्रोजेस्टेरोन र एस्ट्रोजेन हर्मोनमा कमी हुने हुँदा जतिसुकै स्वस्थ महिलाले पनि आलस्य महसुस गर्छन् । स्वास्थ्य अवस्था कमजोर भएका महिलाका लागि महिनावारी थप पीडादायी हुने गर्छ । यस समयमा थकानका कारण व्यायाम गर्न मन हुँदैन । र, धेरैले यो समयमा व्यायाम गर्दैनन् ।

तर, महिनावारीका बेला हुने पीडा र आलस्यपनलाई व्यायाममार्फत् कम गर्न सकिने बताइन्छ । यो समयमा गरेको व्यायामले पछिसम्मै स्वास्थ्यमा निकै फाइदा गर्छ । महिनावारीको कारणले व्यायाम गर्दा हुने फाइदा घट्दैनन् । महिनावारीको समयमा पनि व्यायाम गर्नाले महिनावारीमा देखिने समस्या कम गर्नुका साथै शारीरिक फिटनेस, हृदयाघात नियन्त्रण हुने, तौल नियन्त्रण हुनेदेखि मधुमेहजस्ता समस्या नियन्त्रणमा मद्दत पुग्छ ।

महिनावारीको बेलामा व्यायाम गर्दा शरीरमा एन्डोफ्रिन उत्पादन हुन्छ जसले शरीरमा प्राकृतिक दुखाइ कम गर्छ । एन्डोफ्रिनले पेनकिलरको जस्तो काम गर्ने हुँदा यसले थकान, पेट, ढाड र टाउको दुखाइ पनि कम गर्छ । एन्डोफ्रिनले मुड परिवर्तन गर्नुका साथै बारम्बार भइरहने मुडस्विङमा राहत दिन्छ । व्यायामले महिनावारीको समयमा देखापर्ने डिस्मोनोरिया (पिडाडायक महिनावारी)को समस्यालाई कम गर्छ ।

व्यायामले महिनावारी हुनुअगाडि देखिने पिएमएसका लक्षणलाई पनि कम गर्न सक्छ । तर, महिनावारीको समयमा जटिल खालको व्यायाम भने गर्नु हुँदैन । शरीरलाई भार नपर्ने गरी सामान्य खाल्का कार्डियोभस्कुलर एक्सरसाइज जस्तै बिस्तारै दौडने, हिँड्ने वा सिँढी चढ्ने गर्नुपर्छ । योसँगै घरमै सामान्य योगा र व्यायाम गर्न सकिन्छ ।

jackson ribon