birat ribon

सुनसरीमा बोलेरो र मोटरसाइकल दुर्घटना : एकजनाको मृत्यु, एकको अवस्था गम्भीर

Neuro
सुनसरीमा बोलेरो र मोटरसाइकल दुर्घटना : एकजनाको मृत्यु, एकको अवस्था गम्भीर

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका– ५ मा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।

बुधबार राति करिब १२ बजे बराहक्षेत्र– ५ भरौलमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को१ ज ३७६१ नम्बरको बोलेरो गाडीले विपरित दिशाबाट आँउदै गरेको ना३९प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

cura insider

ठक्करबाट मोटसाईकलमा सवार सोही स्थानका २६ वर्षीय कृष्णकुमार राजधामी र २५ वर्षीय डिगन गुरुङ गम्भिर घाइते भएका थिए ।

घाईते दुवैजनालाई उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको थियो । उपचारकाक्रममा करिब १ बजे गुरुङको मृत्यु भएको हो । राजधामीको सोही अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।

ठक्कर दिने बोलेरो र चालक उदयपुर चौदण्डी नगरपालिकाका उदेश राई प्रहरीले नियन्त्रणमा लिएको छ ।

jackson ribon