birat ribon

पछिल्लो परिस्थितिबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्ने

Neuro
पछिल्लो परिस्थितिबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्ने

विराटनगर / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज (बिहीबार) बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको संसद विघटनलाई सर्वोच्चले खारेजको फैसला सुनाएपछि कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको छ । सर्वोच्चको फैसला, नयाँ सरकार गठन लगायतका पछिल्लो समय विकसित राजनैतिक घटना क्रमका बारेमा छलफल गर्न बैठक बस्न लागेको जानकारी नेताहरुले दिएका छन् ।

cura insider

बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बोलाइएको छ । बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि कांग्रेसको रणनीति, नेकपाको दाहाल र नेपाल समूहको प्रस्तावलगायत विषयमा छलफल हुने बताइएको छ ।

सर्वोच्चको फैसलासँगै मुलुकमा नयाँ सरकार निर्माणका लागि राजनैतिक दलहरुले दौधधूप सुरु गरिसकेका छन् । नयाँ सरकार गठनमा कांग्रेस निर्णायक देखिएको छ । दाहाल र नेपालले बुधबार देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्तावसमेत राखिसकेका छन् । देउवाले पार्टीमा छलफल गरेर जवाफ दिने बताएपछि त्यो विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।

यो बैठकपछि देउवाले छिट्टै संसदीय दलको पनि बैठक बोलाउने बताएका छन् । प्रतिनिधिसभामा कांग्रेसका ६१ सांसद छन् । सत्तारुढ नेकपा दुई समूहमा विभाजित बनेपछि कांग्रेस नयाँ सरकार गठनका लागि निर्णायक देखिएको हो ।

jackson ribon