birat ribon

अब फेसबुक र गुगलले समाचार सामग्रीका लागि पैसा तिर्नुपर्ने

Neuro
अब फेसबुक र गुगलले समाचार सामग्रीका लागि पैसा तिर्नुपर्ने

विराटनगर / संशोधनसहित कानुन पारित भएपछि फेसबुक र गुललले अब समाचार सामग्रीका लागि पैसा तिर्नुपर्ने भएको छ ।

यसअघि सामाचार सामग्रीका लागि पैसा तिर्नु पर्दैन थियो । पैसा तिर्नुपर्ने कानुन पारित भएपछि फेसबुकले तीव्र असन्तोष व्यक्त गरेको थियो । तर विश्वकै पहिलो कानुन अस्ट्रेलियाले पारित गरेपछि फेसबुक र गुललले अब समाचार सामग्रीका लागि पैसा तिर्नुपर्ने भएको हो । अमेरिकी टेक जाइन्टले समाचार सामग्री सम्बन्धी कानुुनको विरोध गरिरहेका छन्।

cura insider

गत साता फेसबुकले अस्ट्रेलियाका सम्पूर्ण समाचार सामग्रीमा प्रतिबन्ध लगाएको थियो। तर तीव्र आलोचना भएपछि सरकारसँगको वार्ता गरेर प्रतिबन्ध फुकुवा गर्ने निर्णय फेसबुकले गरेको छ ।

वार्तापछि संशोधनसहित कानुन पारित भएको छ । संशोधन अनुसार फेसबुक र गुगल केही नियमबाट छुट पाउन सक्ने छन् । तर दुवै कम्पनी अस्ट्रेलियाका ठूला प्रकाशकहरुलाई एकमुष्ठ रकम तिर्न सहमत भएका छन् ।

अस्ट्रेलियाको नयाँ कानुनलाई विश्वका अरु देशमा यस्तै कानुन बनाउने सम्भावनाको परीक्षणका रुपमा लिइएको छ। संशोधित कानुन अस्ट्रेलियाको तल्लो सदनबाट बिहीबार पारित भएपछि फेसबुक र गुलललाई नयाँ नियम लागू भएको छ ।

jackson ribon