birat ribon

नेकपा ओली पक्षको बैठक अचानक स्थगित

Neuro
नेकपा ओली पक्षको बैठक अचानक स्थगित

विराटनगर / नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षको आज (बिहीबार) बस्ने भनिएको स्थायी कमिटी बैठक आवश्यक तयारी नपुगेको भन्दै अचानक स्थगित भएको छ ।

सर्वोच्च अदालतले संसद (प्रतिनिधिसभा) पुनस्थापनाको फैसला गरेपछि समसामयिक राजनैतिक घटना क्रमका बारेमा आज ओली समूहले बैठक बोलाएको थियो । संसद विघटन गर्ने सरकारको निर्णय बदर भएपछि अबको यात्रा तय गर्ने विषयमा छलफल गर्न आज बैठक बोलाइएको थियो ।

cura insider

तर बालुवाटारमा बस्‍ने भनिएको बैठकमा गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको छ । ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले बैठक स्थगित भएको जानकारी दिए । अन्य दलसँग छलफल चलिरहेकाले आजको बैठक स्थगित भएको उनको भनाइ छ । ओली समूहले अर्को बैठक केही दिनभित्रै बोलाउने भएको छ ।

हिजो बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने र संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने छलफल भएको थियो । बैठकमा सर्वोच्चको फैसलालाई बैठकले सामान्य पनि भनेको छ ।

jackson ribon