birat ribon

एकै डोजले काम गर्ने कोरोनाविरुद्धको खोप तयार

Neuro
एकै डोजले काम गर्ने कोरोनाविरुद्धको खोप तयार

विराटनगर / कोरोना भाइरसविरुद्ध एकै डोजले काम गर्ने खोप तयार भएको छ ।

जोन्सन एण्ड जोन्सन कम्पनीले बनाएको खोपले एकै डोजमा काम गर्ने मापदण्ड पूरा गरेको छ । अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडिएले एकै डोजले काम गर्ने खोप तयार भएको पुष्टि गरेको छ ।

cura insider

बुधबार सार्वजनिक गरेको रिभ्युअनुसार खोप सुरक्षित र प्रभावकारी रहेको पाइएको छ। अस्पताल भर्ना हुने र मृत्यु हुने अवस्था रोक्नसमेत यो भ्याक्सिन प्रभावकारी देखिएको निष्कर्ष निकालिएको छ।

यसै साताको अन्तिमसम्म अमेरिकामा यो भ्याक्सिन प्रयोगका लागि अनुमति लिने तयारी गरिएको छ। अनुमति पाएमा अमेरिकामा प्रयोगमा आउने यो तेस्रो भ्याक्सिन हुनेछ । डिसेम्बरमा प्रयोगको स्वीकृति पाएका मोडेर्ना र फाइजरका भ्याक्सिन अमेरिकामा लगाउने क्रम जारी छ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिन सिकिस्त बिरामी हुनबाट रोक्न ८५ प्रतिशत प्रभावकारी देखिएको छ। त्यस्तै सिकिस्त हुनबाट रोक्न भने झण्डै ६६ प्रतिशत प्रभावकारी देखिएको छ। भ्याक्सिन लगाएको १४ दिनपछि नै सुरक्षा प्रदान गर्ने क्लिनिकल परीक्षणमा देखिएको कम्पनीको दाबी छ।

यसअघि विकसित खोप कोरोना नियन्त्रणका लागि दुई पटकसम्म लगाउनुपर्ने अवस्था थियो । समय मिलाएर दुई डोज लगाएपछि मात्रै कोरोनाबाट बच्न सकिने निस्कर्षसहित यसअघिका खोपलाई आविश्कार गर्दै प्रयोगमा ल्याइएको थियो । अब नयाँ बनेको खोप प्रयोग आइसकेपछि एकै पटक लगाउँदा मात्रै काम गर्ने बताइएको छ ।

jackson ribon