birat ribon

आज पनि बस्दै ओली पक्षको बैठक

Neuro
आज पनि बस्दै ओली पक्षको बैठक

विराटनगर / सर्वोच्च अदालतले संसद पुनस्थापना गरिदिएपछि पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेकपाको केपी शर्मा ओली पक्षले स्थायी कमिटी बैठकलाई जारी राखेको छ ।

ओली समूहले आज (बिहीबार) पनि स्थायी कमिटी बैठक बोलाएको छ । जारी बैठकमा पछिल्लो राजनैतिक घटना क्रममा बारेमा छलफल हुने नेताहरुले बताएका छन् । प्रधानमन्त्री ओली गत पुस ५ गते गरेको संसद विघटन सर्वोच्चले मंगलबार बदर गरिदिएको छ ।

cura insider

बुधबार बसेको पहिलो दिनको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्ने निर्णय गरेको छ । बैठकमा तत्काल संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने र विभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरुलाई निरन्तरता दिने निर्णय भएको थियो ।

jackson ribon