birat ribon

कोरोनाविरुद्धको खोप अभियानले जगायो आशा

Neuro
कोरोनाविरुद्धको खोप अभियानले जगायो आशा

विराटनगर / परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप अभियानको विकासले नेपाललगायत सबै मुलुकलाई आशा जगाएको बताएका छन् ।

विश्वले कोभिड–१९ महामारीको बोझ खेपिरहेका बेला कोभ्याक्स र अनुदान खोपले राहत दिएको उनले औँल्याए । भारतलगायत अन्य छिमेकी मुलुकले कोभ्याक्स अभियानको खोप भित्राउन गरिरहेको पहलको उनले सराहना गरे । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को मङ्गलबार सुरु भएको ४६औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले नेपालमा जारी रहेको खोप अभियानकै कारण कोभ्याक्स खोप अभियानको प्राथमिकतामा नेपाल रहेको जानकारी गराए।

cura insider

विश्वव्यापी मान्यता प्राप्त मानवाधिकारको मूल्य र सिद्धान्तको पालना गर्दै नेपालको संविधानमा समता, भेदभावरहित न्याय र कानुनको शासनलगायत कमजोर वर्गलाई सक्षम बनाउनका लागि विशेष उपाय अपनाइएकोमा मन्त्री ज्ञवालीले जोड दिए । गोरखापत्र दैनिकमा समाचार छ

jackson ribon