birat ribon

संवैधानिक नियुक्ति के होला ?

Neuro
संवैधानिक नियुक्ति के होला ?

विराटनगर / प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्ति के होला भन्ने प्रश्न उब्जिएको छ ।

प्रतिनिधिसभा विघटनका कारण संसदीय सुनुवाइबिनै ती पदाधिकारीको नियुक्ति भई उनीहरूले शपथ लिएर पदबहाली गरेका थिए। संवैधानिक परिषद्को मंसिर ३० गते बसेको निर्णयअनुरूप अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायमा पदाधिकारी सिफारिस भएपछि सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो। अध्यादेशमार्फत ३२ जना पदाधिकारी सिफारिस भएपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल, वीरभद्र जोशीलगायतले दायर गरेका भिन्नाभिन्नै रिट संवैधानिक इजलासमा सुनुवाइका क्रममा छन्।

cura insider

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले यो विवाद सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेकाले निर्णय पर्खनुपर्ने बताए। रेग्मीले अहिल्यै यही हुन्छ भनेर ठ्याक्कै भन्न सक्ने स्थिति नरहेको बताए। संसदीय सुनुवाइ गर्ने समय सीमा सकिएको अवस्थामा नियुक्ति भएको पनि उनले बताए।

रिट निवेदकको पक्षमा बहस गर्ने एक अधिवक्ताले प्रतिनिधिसभा पुनःस्थापना भइसकेको अवस्थामा पुस ५ गतेदेखि नै निरन्तर मानिनुपर्ने बताउँदै सुनुवाइ बाध्यकारी हुने बताए। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ

jackson ribon