birat ribon

सर्वोच्चको फैसला सामान्य : प्रधानमन्त्री

Neuro
सर्वोच्चको फैसला सामान्य : प्रधानमन्त्री

विराटनगर /संसद विघटन खारेज गर्ने सर्वोच्च अदालतको फैसलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य भनेर टिप्पणी गरेका छन् ।

सर्वोच्चले विघटनको निर्णय मंगलबार बदर गर्दै संसद पुनस्थापना गरेपछि पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिँदै प्रधानमन्त्री ओलीले बुधबार सरकार रहिरहने बताएका हुन्। प्रधानमन्त्री ओलीले कृषि मन्त्रालयले आयोजना गरेको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रममा दृढतासाथ देश बनाइछोड्ने संकल्पमा अगाडि बढ्ने स्पष्ट पारे । देश समृद्ध बनाउने र जनतालाई खुसी बनाउँदै कृषि क्षेत्रमा उलटफेर ल्याउने प्रतिवद्धता उनले जनाए ।

cura insider

अदालतको फैसलापछि नेकपाको अर्को खेमाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले एकआपसमा लड्डु खुवाएर खुसीयाली मनाएकोप्रति लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले कसैले केही नजितेको टिप्पणी गरे।

उनले इमानदार भएर जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए। ‘कोही मान्छे हार्ट अट्याक भएर मर्छ, कोही ब्रेन ह्यामरेज भएर मर्छ, कोही प्लेन एक्सिडेन्टमा मर्छ। जिन्दगीको ठेगान छैन’, उनले भने, ‘बाँचुन्जेल राम्रो गर्ने हो। मरेपछि न मान्छे बेइमान, न इमान्दार हुन सक्छ। बाँचुन्जेल इमान्दार हुने हो गतिशील हुने हो। जिम्मेवारी निभाउने हो।’

उनले आफू नेतृत्वको सरकारले धेरै काम गरेको बताए। तीन वर्षमा सरकारले गरेको विकास र आर्थिक क्षेत्रमा गरेको प्रगतिले विश्व नै चकित परेको उनको भनाइ थियो। अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ

jackson ribon