birat ribon

बैठकको तयारीमा संसद् सचिवालय

Neuro
बैठकको तयारीमा संसद् सचिवालय

विराटनगर / सर्वोच्च अदालतले संसद पुनस्थापना गरेपछि संसद् सचिवालय बैठकको तयारीमा जुटेको छ ।

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम खारेज गर्दै सर्वोच्च अदालतले १३ दिनभित्र बोलाउन आदेश दिएपछि सचिवालयले त्यसको तयारी थालेको हो । मंगलबार अदालतको फैसला आएपछि सभामुख अग्निप्रसाद सापकोटाले पनि बैठक सञ्चालनको तयारीलाई लिएर सचिवालयसँग ब्रिफिङ लिएका छन् ।

cura insider

बुधबार महासचिव भरत गौतमले कर्मचारीहरूसँग सदन सञ्चालनको आवश्यक तयारीबारे छलफल गरेका छन् । बीआइसिसी भवन र सचिवालयका कर्मचारीले अधिवेशन सञ्चालनका लागि काम बाँडफाँड पनि गरिसकेका छन् । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बैठक सञ्चालनका लागि काम सुरु भइसकेको जानकारी दिए ।

बुधबार बानेश्वरस्थित संघीय संसद् भवनमा दिनभरि सरसफाइको काम चलेको थियो । बीआइसिसीका कर्मचारीहरूले कुर्सी, टेबल, पर्दाको सरसफाइ गरेका थिए । माइक परीक्षणको काम पनि भइरहेको छ । कतिपय टुटेफुटेका सामग्री मर्मतको काम पनि सुरु भएको छ ।

कोभिड– १९ बाट जोगिने गरी हरेक सांसदलाई दुई मिटरको दूरीमा बसाएर सदन सञ्चालन गर्ने सचिवालयले तयारी छ । एक सांसद र अर्को सांसदको बीचमा एउटा कुर्सी खाली रहनेछ । अदालतले संसद् पुनस्र्थापना गरेसँगै संसदीय समितिलाई बैठक बस्न बाटो खुलेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ

jackson ribon