birat ribon

पशुपतिमा सुनको जलहरी, सर्वोच्चले माग्यो कारण

Neuro
पशुपतिमा सुनको जलहरी, सर्वोच्चले माग्यो कारण

विराटनगर / पशुपति क्षेत्र विकास कोषले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपतिनाथ मन्दिरमा एक सय आठ किलो सुनको जलहरी राखेको छ।

कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले ८५ करोड रुपैयाँ खर्चिएर बुधबार सुनको जलहरी (सुवर्ण पीठिका) अनावरण गरिएको हो। उनले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको शिवलिंगको तल्लो भागमा जलहरी राखिएको बताए।

cura insider

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते पूजा गर्न आएका बेला उक्त कार्यका लागि सरकारका तर्फबाट ३० करोड रुपैयाँ दिने घोषणा गरेका थिए। एक दाताले दुई करोड नगद, अर्काले एक किलो सुन, अर्काले १० किलो चाँदी दिएका थिए। कोषले आह्वान गरेपछि सर्वसाधारणले कोषको बैंक खातामा ४० लाख प्रदान गरेका थिए।

जलहरी राख्न भारतको कर्णाटकका ३३ पुजारी ल्याइएको थियो।पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखेकै दिन सर्वोच्च अदालतले उक्त जलहरी मन्दिरमा नराख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले मन्दिरमा जलहरी राख्ने काम नगर्नू भनी अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले जलहरी राख्नुको लिखित कारण पनि सरकारसँग मागेको छ। प्रदेश सांसद नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले सोमबार छुट्टाछुट्टै रिट दायर गरेका थिए। अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ

jackson ribon