birat ribon

च्याम्पियन्स लिग : पहिलो लेगमा सिटीलाई अग्रता

Neuro
च्याम्पियन्स लिग : पहिलो लेगमा सिटीलाई अग्रता

विराटनगर / युरोपियन च्याम्पियन्स लिगमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया मोन्चेनग्लानडबाचलाई हराएको छ ।

बुधबार हङ्गेरीस्थित पुस्कास एरिनामा भएको अन्तिम १६ को पहिलो लेगको खेलमा सिटीले मोन्चेनग्लाडबाचलाई २–० गोलले हराएको हो ।

cura insider
Image

सिटीको जितमा बर्नान्डो सिल्भा र ग्राबियल जेससले समान एक–एक गोल गरे ।

खेलको २९औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । ६५औँ मिनेटमा जेससले गोल गरेपछि सिटी २–० गोलले विजयी भयो ।

जिसँगै सिटीले पहिलो लेगमा अग्रता बनाएको छ । उसले क्वार्टरफाइनल यात्रा सहज बनाएको छ । अब दोस्रो लेगको खेल १६ मार्चमा सिटीको मैदानमा हुनेछ ।

jackson ribon