birat ribon

मेस्सी चम्किँदा बार्सिलोना शीर्ष तीनमा

Neuro
मेस्सी चम्किँदा बार्सिलोना शीर्ष तीनमा

विराटनगर / कप्तान लियोनल मेस्सी चम्किँदा बार्सिलोनाले स्पेनिस ला लिगामा रेलिगेशन जोनको टोली इल्चेमाथि सहज जित निकालेको छ । बुधबार राति आफ्नै घरेलु मैदान क्याप नोउमा बार्सिलोनाले इल्चेमाथि ३–० गोलको जित दर्ता गराएको हो ।

बार्सिलोनाको जितमा मेस्सीले दुई गोल गर्दा जोर्डी अल्बाले एक गोल गरे ।

cura insider

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४८औँ मिनेटमा मार्टिन ब्रेथवेटको पासमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए ।

Image

६८औँ मिनेटमा फ्रेन्की डी योङको असिस्टमा दोस्रो गोल गर्दै मेस्सीले बार्सिलोनालाई २–० गोलले अगाडि बढाए । ७३औँ मिनेटमा अल्बाले ब्रेथवेटको पासमा गोल गरेपछि बार्सिलोना ३–० गोलले विजयी भयो ।

Image

जितसँगै बार्सिलोना शीर्ष तीनमा उक्लिएको छ । उसले २४ खेलमा ५० अङ्क जोडेको छ । इल्चे भने २१ अङ्कसहित १९औँ स्थानमा छ ।

ला लिगाको शीर्ष स्थानमा एथ्लेटिको मड्रिड छ भने दोस्रो स्थानमा रियल मड्रिड छ । २३ खेल खेलेको एथ्लेटिकोसँग ५५ अङ्क भने ऊभन्दा एक खेल बढी खेलेको रियलसँग ५२ अङ्क छ ।

Image

jackson ribon