birat ribon

जब रोनाल्डोको बिरालो ‘पेपे’लाई उपचारका लागि प्राइभेट जेटमा स्पेन पठाइयो

Neuro
जब रोनाल्डोको बिरालो ‘पेपे’लाई उपचारका लागि प्राइभेट जेटमा स्पेन पठाइयो

विराटनगर / पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो संसारकै धनी खेलाडीमध्येका एक हुन् । इटालियन क्लब यभेन्टसका स्ट्राइकर रोनाल्डोले घरमा बिरालो मात्रै तीन हजार युरो पर्ने पालेका छन् । जुन, विश्वका महँगा बिरालोमध्ये आठौँ हो ।

cura insider

इटालीको टुरिन बस्दैआएका रोनाल्डो र जर्जिना रोड्रिग्वेजले बिरालोको नाम ‘पेपे’ राखेका छन् । ‘पेपे’ रोनाल्डोका सहकर्मीको नाम पनि हो । राष्ट्रिय टोलीमा रोनाल्डोसँग एकसाथ खेल्नेगरेका पेपेले रियल मड्रिडमा पनि उनीसँग एकसाथ खेलेका थिए ।

तर, सहकर्मीको नाम दिइएको बिरालो हालै दुर्घटनामा पर्‍यो । कारको ठक्करबाट घाइते भएको बिरालोलाई रोनाल्डो र जर्जिनाले प्राइभेट विमानमार्फत उपचारका लागि स्पेन पठाएका छन् ।

‘पेपे’लाई उनीहरूले दुई वर्षदेखि पाल्दैआएका थिए ।

jackson ribon