birat ribon

ओलीले राजीनामा दिँदा राम्रो : देउवा

Neuro
ओलीले राजीनामा दिँदा राम्रो : देउवा

काठमाडौँ / नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा राम्रो हुने बताएका छन् । सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत पुर्‍याउन नसके प्रधानमन्त्री पद छाड्दा राम्रो हुने बताएका हुन् ।

cura insider

सभापति देउवाले नेपालमा न्याय र प्रजातन्त्रको जित भएको पनि बताए । अदालतले राम्रो निर्णय गरेर नेपालमा संसदीय व्यवस्थालाई सूदृढीकरण गर्ने मौका मिलेको बताउँदै उनले भने, ‘मलाई विश्वास छ, ओलीले अदालतको निर्णयपछाडि कि त आफ्नो बहुमत पुर्‍याउनुपर्‍यो संसदमा, होइन भने छोड्दा राम्रो हुन्छ । तर उहाँलाई यसो गर, उसो गर भन्ने कुरा छैन । उहाँहरूको पार्टीको कुरा हो ।’

नेपाली काङ्ग्रेसप्रति आर्कषण बढेको पनि बताउँदै उनले काङ्ग्रेसले केही गर्दैन भनेर जनताले भोट नदिएर हराए पनि अहिले काङ्ग्रेस नै चाहिएको बताए ।

jackson ribon