birat ribon

चिनियाँ खोपको प्रयोग युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै

Neuro
चिनियाँ खोपको प्रयोग युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै

विराटनगर / कोरोना भाइरस (कोभिड–१९) विरुद्धको चिनियाँ खोप ‘सिनोफार्म’ युरोपेली मुलुकमध्ये हङ्गेरीमा मात्रै प्रयोग भएको छ । हङ्गेरीमा बुधबारदेखि सिनोफार्म लगाउन थालिएको हो ।

cura insider

चिनियाँ खोप प्रयोग गर्नेमा हङ्गेरी पहिलो र एक मात्र युरोपेली मुलुक भएको हो । प्रधानमन्त्री भिक्टर अर्बानले पनि चिनियाँ खोप प्रयोग गर्नेमा आफ्नो देश पहिलो र एक मात्र युरोपेली मुलुक भएको बताएका छन् ।

उनका अनुसार झण्डै एक करोड जनसङ्ख्या रहेको यस मुलुकका लागि झण्डै ५० लाख खोप माग गरिएको छ । युरोपेली मुलुकहरूमा विकास गरिएको खोप नलगाइएको भन्दै कतिपयले हङ्गेरीको आलोचना पनि गरेको समाचारमा जनाइएको छ । रासस

jackson ribon