birat ribon

अबको पहिलो विकल्प भनेको नै प्रधानमन्त्री ओली : महेश बस्नेत

Neuro
अबको पहिलो विकल्प भनेको नै प्रधानमन्त्री ओली : महेश बस्नेत

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य महेश बस्नेतले अबको प्रधानमन्त्री केपी शर्मा ओली नै रहने दाबी गरेका छन् । बुधबार राष्ट्रिय युवासङ्घ नेपालको पहिलो पूर्ण बैठकमा उनले यस्तो दाबी गरेका हुन् ।

cura insider

यस्तै उनले सर्वाेच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताएका छन् ।

‘सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्, पहिलो विकल्प अबको प्रधानमन्त्री ओली नै रहनुहुन्छ, दोस्रो, संविधानअनुसार नयाँ सरकार बन्ने अवस्था नभए पुनः निर्वाचनको मिति तय गर्दै ताजा जनादेशमा जान्छ र तेस्रो, नेकपाकै एक समूहले आत्मघाती कदम चाल्दै कांग्रेसलाई सत्ता हस्तान्तरण गर्न सक्नेछन् ।’

पूर्वमन्त्री बस्नेतले कुर्सी र सत्ता स्वार्थका लागि मात्र केही नेताहरु प्रयोग भएकाले प्रधानमन्त्री ओलीले संसद् विघटन गरी ताजा जनादेशमार्फत मुलुकमा राजनीतिक स्थिरता तथा विकास र समृद्धिको यात्रामा अगाडि बढाउन खोजेपनि सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिदिँदा राजनीतिक सङ्कट आएको उनको भनाइ थियो । रासस

jackson ribon