birat ribon

ठूला क्लबविरुद्ध पर्याप्त गोल गर्न सक्दैनन् रोनाल्डो

Neuro
ठूला क्लबविरुद्ध पर्याप्त गोल गर्न सक्दैनन् रोनाल्डो

विराटनगर / युभेन्टसले सिरी ‘ए’ अन्तर्गत सोमबार राति क्रोटोनविरुद्ध ३–० गोलको सहज जित निकाल्यो । युभेन्टसको मैदानमा घरेलु टोलीलाई जिताउन पोर्चुगिज स्ट्राइकर रोनाल्डोले दुई तथा वेस्टन एमकेनीले एक गोल गरेका थिए ।

रोनाल्डोले खेलको ३८औँ मिनेटमा र पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेका थिए । यी दुई गोलसँगै रोनाल्डोले सिरी ‘ए’को सर्वाधिक गोलकर्ताको सूचिमा आफ्नो अब्बलता प्रस्तुत गर्दैआएका छन् । १८ गोल गरेका उनी टप स्कोररको शीर्ष स्थानमा छन् ।

cura insider

१७ गोल गरेका इन्टर मिलानका स्ट्राइकर रोमेलु लुकाकु दोस्रो स्थानमा रहँदा सिरो इम्मोबाइल, लुइस मुरियल र ज्लाटान इब्राहिमोभिक क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् । तथापि, लिगमा आधाभन्दा केही कम खेल बाँकी नै छन् ।

यसै महिनाबाट ३६ वर्ष टेकेका रोनाल्डोले प्रायः खेलमा गोल गर्दैआइरहेका छन् । तर, इटालियन मिडियाका पत्रकारले भने पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डोले ठूला क्लबहरूविरुद्ध पर्याप्त गोल गर्न नसकेको आरोप लगाएका छन् ।

‘क्याल्सिमेर्काटो’ का पत्रकार मारियो स्कोनसर्टीले इटालीका ठूला क्लबविरुद्ध रोनाल्डोले पर्याप्त गोल गर्न नसकेको जनाउँदै एक रिपोर्ट प्रस्तुत गरेका छन् । सो रिपोर्टअनुसार रियल मड्रिडका पूर्वस्टार रोनाल्डोले प्रत्येक दुई खेलमा औसत एक गोल गर्छन् । यो उनको आकर्षित् तथ्याङ्क हो ।

तर, इटालीका ठूला नौ क्लबमध्ये रोनाल्डोले रोमा र लाजियोविरुद्ध मात्र पर्याप्त गोल गर्न सकेका छन् । अरू ठूला टोलीविरुद्ध रोनाल्डोले पर्याप्त गोल गर्न नसकेको रिपोर्टमा उल्लेख छ । रोनाल्डोले ११ जनवरीमा भएको सासुलोसँगको खेलको अन्तिम मिनेटमा गोल गरेका थिए । तर, उनको रिपोर्टमा यो गोल उल्लेख गरिएको छैन ।

रोनाल्डोले यस सिजन रोमाविरुद्ध तीन गोल गरेका छन् । तर, अटलान्टा, एसी मिलान, इन्टर मिलान र नापोलीविरुद्ध गोल गर्न सकेका छैनन् । उनले यस सिजन सिरी ‘ए’का १९ खेलमा सहभागिता जनाएका छन् । उनले कोरोना सङ्क्रमणका कारण दुई खेल खेल्न पाएका थिएनन् भने एक खेलमा टोलीबाहिर थिए ।

jackson ribon