विराटनगर / गायिका अञ्जु पन्तले दोस्रो विवाह गरेकी छन् । उनले बुधबार सञ्चारकर्मी थिर कोइरालासँग विवाह गरेकी हुन् ।
करिब तीन वर्षअगाडि उनीहरूबीच चिनजान भएको थियो । उनीहरू एक वर्षदेखि ‘रिलेसनसिप’मा रहेका थिए ।
गायक तथा सङ्गीतकार मनोजराजसँगको सम्बन्ध टुटेपछि गायिका अञ्जु एक्लो जीवन बिताउँदै आएकी थिइन् ।