birat ribon

‘प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव जीवितै’

Neuro
‘प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव जीवितै’

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता तथा प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव जीवित रहेको बताएका छन् ।

cura insider

बुधबार नेकपा प्रचण्ड–माधव समूहको अनौपचारिक संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक गुरुङले यस्तो बताएका हुन् ।

प्रधानमन्त्रीविरुद्ध पुस ५ गते दर्ता भएको अविश्वास प्रस्ताव यथावत रहेको बताउँदै उनले संसद् सुरु भएपछि दलहरूकाबीचमा आपसी समझदारीका आधारमा अविश्वास प्रस्तावमाथिको प्रक्रिया अगाडि बढ्ने बताए ।

सर्वोच्च अदालतको फैसलाअनुसार संसद्को अधिवेशन बोलाउनैपर्ने कारण प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन नमिल्ने उनले बताए ।

प्रमुख सचेतक गुरुङले बुधबारको अनौपचारिक बैठकमा संसद्लाई व्यवस्थित ढङ्गले सञ्चालन गर्ने, संसदमा पैदा हुने विभिन्न एजेण्डाहरूमा विषयगत आधारमा आवश्यक सहकार्य गर्दै जाने र दललाई प्रभावकारी र सशक्त बनाउने विषयमा छलफल भएको बताए ।

jackson ribon