birat ribon

भारतमा मार्च १ देखि दोस्रो चरणको खोप अभियान सुरु हुने, ४५ वर्षमाथिका दीर्घ रोगीलाई पनि दिइने

Neuro
भारतमा मार्च १ देखि दोस्रो चरणको खोप अभियान सुरु हुने, ४५ वर्षमाथिका दीर्घ रोगीलाई पनि दिइने

विराटनगर / भारतमा आगामी मार्च १ देखि कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु हुने भएको छ ।

cura insider

बुधबार केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूसँगको कुराकानीका क्रममा केन्द्रीय मन्त्री प्रकाश जवादेकरले मार्च १ देखि दोस्रो चरणको खोप अभियान सुरु हुने जानकारी दिए ।

उनका अनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरूलाई खोप लगाइने भएको छ । यस्तै दीर्घरोगी छन् भने ४५ वर्ष माथिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप दिइने अधिकारीहरूको भनाइ छ ।

सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोप लगाउने व्यवस्था गरिएपनि निजी स्वास्थ्य संस्थामा खोप लगाउनेहरूले भने आफैँले रकम तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

jackson ribon