birat ribon

बुधबार एक सङ्क्रमितको मृत्यु, ९४ जनामा कोरोना पुष्टि

Neuro
बुधबार एक सङ्क्रमितको मृत्यु, ९४ जनामा कोरोना पुष्टि

विराटनगर / देशभर बुधबार थप एक जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक जनाको कोभिड–१९ का कारण मृत्यु भएको जनाएको हो । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २०६६ पुगेको छ ।

cura insider

यस्तै आज ९४ जना कोरोना भाइरस सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । यससँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार सात सय ६० पुगेको छ ।

यस्तै आज ७१ सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार एक सय ३९ पुगेको छ ।

हाल एक हजार पाँच सय ५५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

jackson ribon