birat ribon

नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने नेकपा प्रचण्ड–माधव पक्षको निर्णय

Neuro
नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने नेकपा प्रचण्ड–माधव पक्षको निर्णय

विराटनगर / नेपाल कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको आज पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने निर्णय गरेको छ ।

बैठकमा निर्णय भएका विषयबारे जानकारी दिँदै सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि मात्र आगामी सरकार निर्माणका विषयमा छलफल हुने बताए । आजको बैठकले पार्टीले प्रतिगमनविरुद्ध देशव्यापीरूपमा आयोजना गरिन लागेका पूर्वनिर्धारित सबै कार्यक्रमहरू रद्द गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले बताए ।

cura insider

अब पार्टी एकता सम्भव छ कि छैन ? भन्ने सञ्चारकर्मीहरूको जिज्ञासामा प्रवक्ता श्रेष्ठले त्यसका लागि सर्वप्रथम प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा आउनुपर्ने र आफूले गरेका संसद् विघटनलगायतका कतिपय निर्णयमा सार्वजनिक रूपमा नै ओलीले आत्मालोचना गर्नुपर्ने उनले प्रष्ट पारे ।

jackson ribon