birat ribon

जग्गा खाली गर्न वडाध्यक्ष र उपमेयरले धम्की दिए : राजवंशी

Neuro
जग्गा खाली गर्न वडाध्यक्ष र उपमेयरले धम्की दिए : राजवंशी

विराटनगर / विराटनगर महानगरपालिका–३ गोग्राहा चोकको ऐलानी जग्गामा बस्दै आएका कालीचरण राजवंशीको परिवारले आफूहरू अन्यायमा परेको गुनासो गरेका छन् ।

बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफूहरू ऐलानी जग्गामा बस्दै आएको र सो स्थान महानगरपालिकाले खाली गर्न भनेपछि अन्योलमा परेको बताएका हुन् ।

cura insider

लामो समयदेखि घर बनाएर बसिरहेका राजवंशीलाई वडाध्यक्ष विनोद बस्नेत र विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीसमेतले सो घर खाली गर्न बारम्बार धम्काएको आरोप राजवंशीले लगाएका छन् ।

पुस्तौँदेखि सो ठाउँमा बसेर मजदुरी गर्दै आएका कालीचरण राजवंशीले आफूसँग ऐलानी जग्गा र घरबाहेक अन्य कुनै सम्पति नरहेको बताए । ‘परिवार लिएर कहाँ जानु ?’ राजवंशीले दुःख व्यक्त गरे । रासस

jackson ribon