birat ribon

अदालतको आदेशलाई सम्मान गर्ने ओली समूह बैठकको निर्णय

Neuro
अदालतको आदेशलाई सम्मान गर्ने ओली समूह बैठकको निर्णय

विराटनगर / आज बिहान बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी समिति बैठकले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने निर्णय गरेको छ । आफूहरूका केही प्रश्न यथावत् रहे पनि अदातलको फैसला आइसकेपछि त्यसलाई मान्दैनौँ भन्न नमिल्ने ओली समूहका नेता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

भोलि बिहीबार फेरि बस्ने गरी सम्पन्न सो बैठकले पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ । यसअघि देशका विभिन्न स्थानमा निर्धारण गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय बैठकमा भएको नेता ज्ञवालीले बताए ।

cura insider

‘ती कार्यक्रममार्फत हामीले जनतालाई जे भन्न चाहेका थियौँ त्यो भन्छौँ । अदालतको आदेशले हाम्रा ती पूर्वनिर्धारित कार्यक्रममा कुनै बदलाव आउँदैन ।’ संसद अधिवेशन सरकारले निर्धारित समयमै बोलाउनेबारे पनि छलफल भएको ज्ञवालीले बताए ।

आजको बैठकले बदलिँदो परिस्थितिबारे अन्य राजनीतिक दलहरूसँग छलफल र परामर्श गर्ने निर्णय पनि गरेको ज्ञवालीले जानकारी दिए । प्रधानमन्त्री ओलीले देशलाई अन्योलमा पारेर तत्काल राजीनामा नदिने पनि उनले बताए ।

jackson ribon