birat ribon

अदालत परिसरबाट भागेका थुनुवा भारतबाट पक्राउ, १५ प्रहरी छानविनमा

Neuro
अदालत परिसरबाट भागेका थुनुवा भारतबाट पक्राउ, १५ प्रहरी छानविनमा

विराटनगर / जिल्ला अदालत मोरङ परिसरबाट फरार बनेका लागुऔषध मुद्दाका दुई जना थुनुवामध्ये एक जना पक्राउ परेका छन् । बुधबार बिहान भारतबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख रहेको प्रहरीले जनाएको छ ।

cura insider

उनी नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङको जहदा गाउँपालिका–५ डुमरियाबाट बुधबार बिहान ५ बजेतिर पक्राउ परेको बताइएको छ ।

फरार रहेकामध्ये झापाको बिर्तामोड नगरपालिका–५ का २० वर्षीय प्रकाश चौधरी अझै फरार छन् । लागुऔषध मुद्दामा म्याद थप गर्न अदालत लगिएका उनीहरु क्यान्टिनमा खाजा खाने बहाना बनाएर सोमबार दिउँसो ३ः३० बजेतिर प्रहरीलाई छलेर भागेका हुन् । दुवै जना पाँच/पाँच दिनको म्याद थप भइसकेपछि प्रहरीलाई छल्दै हतकडीसहित फरार बनेका थिए ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले भागेकामध्ये एक जना पक्राउ परेको र अर्का एक जनाको खोजी जारी राखिएको बताए ।

शेख ब्राउन सुगर (खैरो हेरोइन)सहित कटहरी र चौधरी अन्य प्रकृतिका लागुऔषधसहित विराटनगरको बरगाछीबाट आइतबार पक्राउ परेका थिए ।

दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीले म्याद थप गर्न उनीहरुलाई सोमबार एउटै हतकडी लगाएर अदालत लगेको थियो ।

थुनुवा फरार भएपछि अदालतको सुरक्षामा खटिएका १५ जना प्रहरी छानविनका लागि तानिएका छन् । थुनुवा फरार भएको अवस्थामा ड्युटीमा रहेका प्रहरी छानविनमा तानिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोेष खड्काले बताए ।

घटनाको छानविनका लागि डिएसपी लोकदर्शन थापाको नेतृत्वमा समिति गठन गरिएको उनले बताए ।

jackson ribon