birat ribon

नेकपा सचिवालय बैठक बाेलाउन बामदेवको आग्रह, प्रधानमन्त्रीको राजीनामा माग

Neuro
नेकपा सचिवालय बैठक बाेलाउन  बामदेवको आग्रह, प्रधानमन्त्रीको राजीनामा माग

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमले पार्टी सचिवाल बैठक बोलाउन आग्रह गरेका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै गौतमले अध्यक्ष द्वय प्रचण्ड र केपी शर्मा ओली समक्ष सचिवालय बैठक बोलाउन आग्रह गरेका हुन् ।

cura insider

नेकपा राजनीतिक रुपमा विभाजन भएको छ । तर विभाजनले वैधानिकता पाएको छैन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष गौतमले भने ‘ उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष केपी ओली र प्रचण्डसँग तुरुन्तै सचिवालय वैठक धुम्वाराही स्थित केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु।’

उनले राष्ट्रपतिलाई संवैधानिक इजलासको निर्णयलाई हार्दिक स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीबाट ओलीले तुरुन्त राजीनामा दिनुपर्ने उनकाे माग छ ।

jackson ribon