birat ribon

एकै झट्कामा चैट ! सेटिङ राज्यको सपना

Neuro
एकै झट्कामा चैट ! सेटिङ राज्यको सपना

‘उडायो सपना सबै हुरीले …!’

कन्टिर–बाबू मङ्गलबार साँझदेखि लगातार गायक मुरलीधरले लेखेको/गाएको यही कालजयी गीत गुनगुनाइरहेका छन् । किन भनी खोजीनिधी गर्दै जाँदा थाहा भो उनी त हाम्रा ओल्बाप्रति सहानुभूति समर्पणस्वरूप यी शब्दहरू गुन्गुनाइरहेका रहेछन् ।

cura insider

संवैधानिक निकायमा असंवैधानिक नियुक्ति गरेर सर्वसत्तावादी सेटिङ राज्य चलाउने ओल्बा प्रवृत्तिको महत्त्वाकाङ्क्षी योजनारूपी शिवलिङ्गमा पानी खन्याएर सर्वाेच्चले नयाँ हालिएको सुनौलो जलहारीबाट बगाइदिएपछि कन्टिर–बाबू गीत न गाउन त के गरुन् !

आखिर जतिसुकै शक्ति प्रदर्शन गरे पनि सर्वोच्चले संसद् विघटनको सिफारिस बदर गरिदिएपछि ओल्बाका सबै सपना भताभुङ्ग भएका छन् । अरे कस्ता–कस्ता ‘समृद्ध’ सपना देखेका थिए हाम्रा ओल्बाले । सब एकै झट्कामा चैट !

कन्टिर–बाबूका अनुसार अदालतले निश्चय पनि एक पटक पुनः आफ्नो साख जोगाएको छ । आमजनताको मनमा विधिको शासनप्रति आस्था र विश्वास प्रवर्धन गरेको छ । कन्टिर–बाबूलाई लाग्छ, संसद् विघटन पक्षधर ओल्बा पनि प्रधानमन्त्रीभन्दा पहिला जनता हुन् । यस अर्थमा अदालतको फैसलामा ओल्बाको पनि जित निहित छ । उनले अन्यथा लिनुपर्ने कुनै कारण छैन ।

बदला र घृणा भावले कसैको पनि भलो गर्दैन भन्ने कुरामा कन्टिर–बाबू सुरुदेखि नै स्पष्ट छन् । ओल्बाले बदलाको कुत्सित भाव राख्ने हुँदा नै राजनीतिको नुर गिरेको थियो ।

त्यसो त संसद् पुनःस्थापनाको फैसलापछि ओल्बाले बढ्छ भनेर अनुमान गरेझैँ कन्टिर–बाबूको मन अस्थिर भएको–भयै छ । के हुने हो ? कसो हुने हो ? मरेर ब्युँतिएका सांसदको चेतना जनअपेक्षाअनुरूप ब्युँतिने हो कि होइन ? सांसद तानातान, कुर्सी हानाहानको फोहोरी खेल फेरि बाक्लिने हो कि ? अदालतले परिपक्वता देखाएजस्तो संसद्ले परिपक्वता देखाउने हो कि होइन ? यस्तै–यस्तै जिज्ञासाले कन्टिर–बाबूको मन अस्थिर भएको हो ।

यता, ‘अब तेरा क्या होगा कालियाँ ?’ भन्दै सुपरहिट हिन्दी सिनेमा शोलेको गब्बर सिंहवाला डाइलग कतिपय निकटवर्ती मित्रले नै फलाकेको कन्टिर–बाबूले सुनेका छन । तर यो गम्भीर हुनुपर्ने बेलामा यस्तो डाइलग हान्नु गलत हो । राजनीतिमा कोही स्थायी सत्रु र मित्र मानिनुहुँदैन । बदला र घृणा भावले कसैको पनि भलो गर्दैन भन्ने कुरामा कन्टिर–बाबू सुरुदेखि नै स्पष्ट छन् । ओल्बाले बदलाको कुत्सित भाव राख्ने हुँदा नै राजनीतिको नुर गिरेको थियो ।

खयर चिन्ताको कोही बात छैन । यहाँ कोही–कोही व्यक्तिलाई यसबेला हारको अनुभव भएको होला तर कन्टिर–बाबूलाई अदालतबाट भएको ऐतिहासिक र साहसिक फैसलाका कारण लोकतन्त्रले जितेको अनुभव भइरहेको छ । यो प्रकारान्तरले आफूलाई लोकतन्त्रको सच्चा अनुयायी बनाउन प्रयत्न गरिरहेका ओल्बाको पनि जित हो । कि कसो ?

यसबाहेक, सर्वोच्चले मरेको संसद् ब्युँझाउनुपर्ने तिथि १३ दिन तोक्नुपछाडि श्रीमान्–श्रीमतीको तर्क र मनोविज्ञान के छ ? कन्टिर–बाबूले बुझेका छैनन् । तर उनलाई यति थाहा छ– सर्वोच्चले १३ दिन नभनेको भए कि १२ दिन भन्थ्यो कि १४ दिन भन्थ्यो । त्यसैले कन्टिर–बाबू, १३ दिन नै किन ? भन्ने खालको तोरी प्रश्न गर्ने पक्षमा छैनन् ।

jackson ribon