birat ribon

अमेरिकामा एकै दिन दुई हजारभन्दा बढी सङ्क्रमितको मृत्यु

Neuro
अमेरिकामा एकै दिन दुई हजारभन्दा बढी सङ्क्रमितको मृत्यु

विराटनगर / अमेरिकामा एकै दिन दुई हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमिको मृत्यु भएको छ ।

अमेरिका विश्वमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक हो । एकै दिन दुई हजार ३६ सङ्क्रमितको मृत्यु भएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख १४ हजार छ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा ६४ हजार नौ सय १९ नयाँ सङ्क्रमित थपिए । अमेरिकामा सङ्क्रमित सङ्ख्या दुई करोड ८८ लाख ९१ हजार पाँच सय ९३ पुगेको छ ।

cura insider

सङ्क्रमितमध्ये एक करोड ९१ लाख ९३ हजार चार सय ४८ जना उपचारपछि निको भएका छन् । ९१ लाख ८३ हजार पाँच सय १६ जना सङ्क्रमितको उपचार जारी छ । उपचाररतमध्ये १६ हजार पाँच सय ४५ जनाको अवस्था चिन्ताजनक छ ।

छिमेकी मुलुक भारतमा एकै दिन एक सय जनाको ज्यान गएसँगै हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या एक लाख ५६ हजार पाँच सय ९८ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ हजार चार सय ६३ नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या एक करोड १० लाख २९ हजार तीन सय ३६ पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड सात लाख २४ हजार एक सय ४४ जना उपचारपछि घर फर्किएका छन् । एक लाख ४८ हजार पाँच सय ८४ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा एकै दिन एक हजार तीन सय ७० सङ्क्रमितको मृत्यु भयो । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या दुई लाख ४८ हजार छ सय ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा ६३ हजार ९० जना नयाँ बिरामी थपिए ।

हालसम्म सङ्क्रमित सङ्ख्या एक करोड दुई लाख ६० हजार छ सय २१ पुगेको छ । सङ्क्रमितमध्ये ९२ लाख १५ हजार एक सय ६४ जना उपचारपछि घर फर्किएका छन् । सात लाख ९६ हजार आठ सय ११ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा पछिल्लो २४ घण्टाभित्र नौ हजार छ सय ३४ सङ्क्रमितले ज्यान गुमाए । हालसम्म मृत्यु हुने सङ्क्रमित सङ्ख्या २४ लाख ९४ हजार सात सय तीन पुगेको छ । एकै दिन तीन लाख ५५ हजार पाँच सय ३२ जना नयाँ सङ्क्रमित थपिए । हालसम्म विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ करोड २६ लाख २२ हजार दुई सय ८७ पुगेको छ ।

सङ्क्रमितमध्ये आठ करोड ८१ लाख ९४ हजार सात सय ७५ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । दुई करोड १९ लाख ३२ हजार आठ सय नौ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ९२ हजार तीन सय ७१ जनाको अवस्था गम्भीर छ ।

jackson ribon