birat ribon

नैतिकताको आधारमा प्रधामन्त्रीले राजीनामा दिनुपर्छ : प्रचण्ड

Neuro
नैतिकताको आधारमा प्रधामन्त्रीले राजीनामा दिनुपर्छ : प्रचण्ड

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन गर्ने प्रधानन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् ।

मङ्गलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेलगत्तै चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नैतिकताको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न सुझाव दिएका हुन् ।

cura insider

सर्वोच्चको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाबाट गौरवको अनुभूति गरेको बताउँदै उनले सर्वोच्चको फैसला ऐतिहासिक भएको बताए । उनले संबैधानिक इजलासका प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई पनि एैतिहासिक र साहसिक फैसला गरेको भन्दै धन्यवाद र बधाई दिए ।

उनले यो फैसला र भूमिकालाई इतिहासले सम्मान गर्ने बताए । साथै ओली पक्षधरका नेता कार्यकर्तालाई ओलीले छरेको भ्रमबाट मुक्त हुन पनि सुझाव दिए ।

उनले मुलुकभरका कार्यकर्तालाई बिजयउत्सव गर्न पनि आव्हान गरे । उनले सर्वोच्चको फैसलासँगै नेपाली जनताको विजय भएको भन्दै सबैलाई बधाई पनि दिए ।

jackson ribon