birat ribon

सर्वोच्चको फैसलाले रोकेन ओलीको ‘बर्थडे पार्टी’ (फोटो फिचर)

Neuro
सर्वोच्चको फैसलाले रोकेन ओलीको ‘बर्थडे पार्टी’ (फोटो फिचर)

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७०औँ जन्मदिन बालुवाटारमा मनाएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेपनि ओलीले बर्थ डे मनाएका थिए ।

May be an image of 1 person, standing and indoor

सर्वोच्चको संवैधानिक इजालासले गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गरेको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई बदर गरेको हो ।

cura insider
May be an image of 1 person, standing and indoor

मङ्गलबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको संवैधानिक इजलासको सर्वसम्मतिले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेको हो ।

May be an image of 2 people, people standing, people sitting and indoor

अदालतले उनीविरुद्ध फैसला सुनाउँदा पनि ओली जन्मदिन मनाउन ब्यस्त थिए । ओलीले आफ्ना पिता मोहनप्रसादको हातबाट टीका र आशिर्वाद ग्रहण गरेका थिए ।

May be an image of 1 person, sitting, standing and indoor

बिहान परिवार र सचिवालयका सदस्यहरूसँग जन्म दिन मनाएका ओलीले साँझ मन्त्रीहरूलाई बालुवाटार पार्टी गरेका थिए । उनको बर्थ डे उत्सवमा साङ्गीतिक कार्यक्रमसमेत राखिएको थियो ।

May be an image of 4 people, people sitting and people standing
May be an image of 4 people, people standing, people sitting and indoorMay be an image of 2 people, people standing and people sitting

jackson ribon