birat ribon

संसद् विघटन गर्ने सरकारको निर्णय बदर

Neuro
संसद् विघटन गर्ने सरकारको निर्णय बदर

विराटनगर । संसद् विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ ।

मङ्गलबार सर्वोच्च अदालतकाे संवैधानिक इजलासले सरकारकाे असंवैधानिक निर्णय बदर गरेकाे हाे ।

cura insider

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनकाे निर्णय बदर हुने फैसला सुनाएकाे हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद् विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् ।

सर्वोच्चकाे फैसला प्रति कांग्रेस, नेकपा प्रचण्ड माधव समूहका नेताहरूले खुसी व्यक्त गरेका छन् ।

jackson ribon