birat ribon

आज एक सय दस जनामा कोरोना पुष्टि

Neuro
आज एक सय दस जनामा कोरोना पुष्टि

विराटनगर / देशभर मङ्गलबार थप एक सय दस कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक सय दस जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार तीन सय ६६ पुगेको छ ।

cura insider

यस्तै आज एक सय दुई सङ्क्रमित निको भएर घर फर्किएका छन् । यससँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार ६८ पुगेको छ ।

हाल एक हजार पाँच सय ३३ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ६५ रहेको छ ।

jackson ribon