birat ribon

बयर खानुका फाइदैफाइदा

Neuro
बयर खानुका फाइदैफाइदा

विराटनगर / बयर एक मौसमी फल हो । यो फल स्वादमा मीठो मात्र नभई अनेक प्रकारको औषधीय गुणले भरिपूर्ण हुन्छ । बयरको सेवनले तौल घटाउन सहयोग पुग्छ । बयरको सेवनले चाँडै भोक नलाग्ने हँुदा अत्यधिक खाइने खानालाई नियन्त्रण गर्न सकिन्छ ।

Padelux insider
cura insider

यसमा क्यालोरीको मात्रा पनि कम हुन्छ । जसकारण तौल हटाउने लक्ष्य राखेकाले सजिलै आफ्नो लक्ष्य पूरा गर्न सक्छन् । धेरैपटक दिमाग शान्त नभएको, डर वा चिन्ता लागेको महसुस भइरहन सक्छ । बयरको सेवनले स्नायु प्रणाली शान्त राखी शरीर र दिमागलाई शान्त गर्छ । यसले तनाव हटाउन पनि मद्दत गर्न सक्छ । अनिद्राजस्ता समस्या हटाउन चिनियाँ औषधिमा बयर फलको प्रयोग गरिन्छ ।

सामान्यतया हामी फलहरू खाएर यसको बीयाँ फ्याँक्ने गर्छौं । फलमा मात्र नभई बीउमा पनि स्यापोनिन्स र पोलिसेकेराइडजस्ता फ्लाभोनोइड प्रचूर मात्रामा हुन्छ । धेरै विशेषज्ञका अनुसार स्यापोनिन्स राम्रो र गहिरो निन्द्राका लागि उपयोगी हुन्छ । बयरको सेवनले स्नायु प्रणालीलाई शान्त बनाई गहिरो निद्रा प्राप्त गर्न मद्दत गर्छ । बयरमा धेरै फाइबर हुन्छ, जसले पाचन प्रणालीमा सुधार गर्न सक्छ र कब्जियतको समस्यालाई समाधान गर्न सक्छ ।

बयरको सेवनले पाचन प्रणाली बिस्तारै स्वस्थ हुनेहुँदा पेटसम्बन्धी समस्या पनि बिस्तारै ठीक हँुदै जान्छ । बयरमा हुने क्याल्सियम, फास्फोरस र आइरनले हड्डीहरूलाई बलियो राख्न मद्दत गर्छ । हड्डीको कुनै समस्या वा रोग भएकालाई बयरको सेवन फाइदाजनक हुन्छ । बयरको सेवनले उच्च रक्तचापको जोखिमलाई घटाउने गर्छ । बयरमा नुनको मात्रा एकदम कम र अधिक मात्रामा पोटासियम हुन्छ । यी दुवैको मिश्रणले रक्तचापको स्तरलाई कायम राख्न मद्दत गर्छ ।

बयरमा आइरन र फस्फोरसको मात्रा धेरै हुन्छ, जसकारण यसले रक्तसञ्चार पनि नियमित गर्छ । शरीरमा आइरनको मात्रामा कमी भएमा एनिमियाको खतरा हुन्छ । एनिमियाका कारण मांसपेशि कमजोरी हुने, थकान, अपच र हल्का टाउको दुखाइ भएको अनुभव हुन्छ । यस अवस्थामा बयरको सेवनले शरीरमा आइरनको मात्रा बढाएर यी सबै समस्याहरूबाट टाढा राख्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: