विराटनगर / युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखले इटालियन क्लब लाजियोसँग खेल्दैछ ।
च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगअन्तर्गत हुने सो खेल नेपाली समयानुसार राति १ः४५ बजे हुनेछ ।
लाजियोको मैदानमा हुने यस खेलमा दुवै टोली एक–अर्कालाई हराउँदै क्वार्टरफाइनलको बाटो सहज बनाउने दाउमा हुनेछन् । बायर्नले घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ भने लाजियोले मध्यम प्रदर्शन गरिरहेको छ ।
साविक विजेतासमेत रहेको बायर्न बुन्डेसलिगाको शीर्ष स्थानमा छ भने लाजियो सिरी ‘ए’को छैटौँ स्थानमा छ ।